२०८२ मंसिर १ गते सोमबार
मुख्य मेनु
/ स‌‌क्षिप्त परिचय

स‌‌क्षिप्त परिचय

अध्यावधिक मिति २०८२ भाद्र ३१ गते मंगलबार

रिचयः

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् हेटौंडा कार्यालय वि.सं. २०६३ सालमा स्थापना भई मिति २०६३ माघ १ गतेबाट सेवा सुचारु भएको थियो । शिक्षा ऐन आठौं संशोधन २०७३ ले साविक उच्च माध्यमिक शिक्षा परिषद्लाई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण गरेकोले मिति २०७३//१६ बाट नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा मकवानपुरको रुपमा सञ्चालन हुदै आएको छ । यस कार्यालयको कार्यक्षेत्र बागमती प्रदेशको मकवानपुर र चितवन तथा मधेश प्रदेशको रौटहट, बारा र पर्सा गरी पाँच जिल्ला तोकिएको छ । यी जिल्लाका माध्यमिक विद्यालय र क्याम्पसमा सञ्चालित कक्षा ११ र कक्षा १२ को परीक्षासंग सम्बन्धी कार्यहरु रजिष्ट्रेशन आवेदन, परीक्षा आवेदन, परीक्षा सञ्चालन सम्बन्धी तयारी, उत्तरपुस्तिका सङ्कलन, परीक्षण र नतिजा प्रकाशन पश्चात विद्यार्थीलाई ट्रान्सक्रिप, माइग्रेसन, प्रोभिजनल, सप्लीमेन्ट (TMPS) प्रमाणपत्र वितरण सम्बन्धी कार्य गर्दछ ।यस कार्यालयले हेटौडा उप महानगरपालिका वडा नं स्थित कर्मचारी सञ्चयकोष अगाडि रहेको भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ ।

यस बोर्डबाट सम्पादन हुने कार्यहरुको विवरण ;-

क‍.‍ रजिष्ट्रेशन आवेदन सम्बन्धी

v  विद्यार्थी रजिष्ट्रेशन फाराम वितरण, रुजु र तोकिएको रजिष्ट्रेशन शुल्कको बैंक भौचर सहित सङ्कलन गर्ने । 

v  रजिष्ट्रेशन फाराम अनुसारको विवरण कम्प्युटरमा प्रविष्टि, रुजु कार्य ।

v  रजिष्ट्रेशन  नम्बर कायम गरी टिप्लिकेट र रजिष्ट्रेशन कार्ड वितरण गर्ने ।

v  जिष्ट्रेशनको डाटा केन्द्रमा पठाउने र विद्यालयगत अभिलेख राख्ने

  ख. परीक्षा आवेदन सम्बन्धी

v  परीक्षा आवेदन फाराम, समष्टिगत फाराम प्रयोगात्मक प्राप्ताङ्क फाराम वितरण गर्ने ।

v  तोकिए बमोजिम परीक्षा शुल्कको बैंक भौचर सहित परीक्षा आवेदन फाराम रुजु र सङ्कलन गर्ने ।

v  परीक्षा आवेदन फाराम अनुसारको विवरण कम्प्युटरमा प्रविष्टि, रुजु कार्य ।

v  सिम्बोल नम्बर कायम गरी परीक्षा प्रवेशपत्र, टिप्लिकेट वितरण गर्ने र परीक्षा आवेदनको विद्यालयगत अभिलेख राख्ने  । 

   ग. परीक्षा सञ्चालन पूर्व र सञ्चालनको व्यवस्थापन

v  कार्यक्षेत्रका जिल्लामा समन्वय गरी परीक्षा केन्द्र निर्धारण सम्बन्धी प्रक्रियागत कार्यहरु गर्ने

v  परीक्षा केन्द्रमा उत्तर पुस्तिका ढुवानी कार्य

v  केन्द्राध्यक्ष नियुक्ति पश्चात अभिमुखीकरण कार्य गर्ने ।

v  परीक्षा सञ्चालनका लागि आवश्यक सामग्री वितरण र परीक्षा केन्द्रको आर्थिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

v  प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सङ्कलन, कम्प्युटरमा प्रविष्टि, रुजु कार्य गरी केन्द्रमा पठाउने ।

v  सञ्चालित परीक्षाको अनुगमन कार्य गर्ने ।

   घ. परीक्षा सञ्चालन पश्चातका कार्यहरु

v  परीक्षा केन्द्र तथा सुरक्षा निकायबाट उत्तर पुस्तिका सङ्कलन र प्याकिङ गर्ने ।

v  उत्तर पुस्तिका तोकिएको परीक्षण केन्द्रमा पठाउने र प्राप्त उत्तर पुस्तिका परीक्षण गर्ने, गराउने ।

v  उत्तरपुस्तिका सम्परीक्षण गराउने र परीक्षण भएका उत्तरपुस्तिका केन्द्रीय कार्यालयमा पठाउने ।

v  पुनर्योग र मिसिङ सम्बन्धी निवेदन सङ्कलन गरी केन्द्रीय कार्यालयमा पठाउने ।

 ङ. नतिजा प्रकाशन पश्चातका कार्यहरु

v  कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई तोकिएको बैंक भौचर लिइ ट्रान्सक्रिप, माइग्रेसन, प्रोभिजनल, सप्लीमेन्ट वितरण गर्ने ।

v  विद्यार्थीको प्रमाणपत्र वितरण सम्बन्धी कार्य गर्ने ।

v  परीक्षा सम्बन्धी अन्य गोप्य कार्यहरु ।

v  परीक्षा सञ्चालनको प्रक्रिया सम्बन्धमा समीक्षा गरी आगामी दिनमा सुधारका लागि केन्द्र कायम भएका विद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा लिखित सुझावहरु प्रदान गर्ने ।

 

थप सूचनाहरु