जानकारी
राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०३/०५ को निर्णयानुसार २०८३ बैशाख १४ गतेदेखि ऐ. २७ सम्म सञ्चालन भएको
कक्षा १२ को नियमित/आंशिक
परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन भइसकेको सन्दर्भमा उक्त परीक्षामा सहभागी भइ
प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा D ग्रेड एवम् प्रयोगात्मक परीक्षामा कम्तीमा C ग्रेड प्राप्त गरेका
परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात Trancript, Migration र Provisional (TMP) प्रमाणपत्र प्राप्त गर्न
शुल्क तथा कागजात बुझाउन सक्ने व्यवस्था गरिएको साथै नियमित परीक्षार्थीको प्रमाण
पत्र प्राप्तिका लागि सम्बन्धित शैक्षिक संस्थाले बोर्डबाट तोकिएको शुल्क प्रति
विद्यार्थी रू १५००/- एक हजार पाँच सय लिई एकमुष्ट यस कार्यालयको निम्न
खातामा रकम जम्मा गरी भौचर पेश गर्नुहुन अनुरोध छ । परीक्षार्थीहरूले प्रमाणपत्र
प्राप्तिका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट
वा लेजरको प्रमाणित प्रति शैक्षिक संस्थामा अनिवार्य संलग्न गर्नुपर्नेछ ।
तपसिल
रकम जम्मा गर्ने खाता
विवरण
राष्ट्रिय वाणिज्य बैंकमा यस कार्यालयको नाममा रहेको खाता नं १३००१००००२०९३००१