कक्षा १२ सम्म सञ्चालित विद्यालय तथा क्याम्पसहरूमा अनुरोध
यस कार्यालयको कार्यक्षेत्र भित्रका जिल्लाहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी स्थानान्तरण सम्बन्धमा पटक पटक जिज्ञासा आएकोले सो सम्बन्धमा शिक्षा नियमावली २०५९ को संशोधन सहित नियम ८० मा भएको व्यवस्था बमोजिमका कागजात पुरा गरेर मात्र पेश गर्नुहुन जानकारीका लागि अनुरोध छ ।