कक्षा १२ सञ्चालन भएका शैक्षिक संस्थाका पदाधिकारी तथा मौका परीक्षा दिने परीक्षार्थीहरूमा जानकारी
१. राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यही श्रावण २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा( पूरक) को परीक्षाफल मिति २०८३ श्रवण २१ गते प्रकाशन भएको छ ।
२. उक्त परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तिमा D ग्रेड प्राप्त गरेका परीक्षार्थीले भाद्र १ गते अर्थात नतिजा प्रकाशन मितिले १० दिन पछि TMPS का लागि रसिद काट्न सक्ने व्यवस्था रहेको र यसको लागि रू २०००/- रूपैया बोर्डको खातामा बुझाउनुपर्नेछ ।
३. परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट
neb.gov.np मा रहेको Retotaling मा क्लिक गरी वा
exam.neb.gov.np/studentportal मार्फत प्रति विषय १०००/- का दरले online दस्तुर बुझाइ आवेदन दिन सक्नुहुनेछ ।
४ कक्षा १२ को परीक्षाफल प्रकाशनको क्रममा कुनै त्रुटी भएको अवस्थामा त्यस्तो विवरण नतिजा प्रकाशन भएको ६ महिनाभित्र मात्र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने भएकोले सोहि समयभित्र पेश गर्नुहुन सूचित गरिन्छ ।
धन्यबाद
सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
| क्र.स. |
सम्बन्धित फाईलको नाम |
अपलोड भएको मिति |
फाईल साईज |
सम्बन्धित फाईल |
एक्सन |
| १. |
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
|
२०८३ श्रावण २२ गते शुक्रबार |
५३८.३४ के.बि |
|
|